Epost Nepal

खरेलको स्वीकारोक्ति: अपाङ्गमैत्री व्यवस्था अझै कमजोर

१७ मंसिर, काठमाडौं− सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अझै समाप्त हुन नसकेको टिप्पणी गर्नुभयो।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले गणतन्त्र आए पनि अपाङ्गता भएका नागरिकले अपेक्षित समानता र पहुँच प्राप्त गर्न नसकेको बताउनुभयो।

मन्त्री खरेलका अनुसार देशको कुल जनसंख्यामा करिब साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्, जस मध्ये करिब डेढ लाख गम्भीर रूपमा अपाङ्गता भएका छन्। गम्भीर अपाङ्गता भएका व्यक्तिहरू अझै कठिन अवस्थाबाट गुजरिरहेको र राज्यले पर्याप्त सहयोग पुर्‍याउन नसकेको उनले बताए।

संघीयता लागू भए पनि अपाङ्गता भएका व्यक्तिहरूले त्यसको लाभ अनुभव गर्न नपाएको उल्लेख गर्दै, उनीहरूले प्रयोग गर्ने सामग्री स्थानीय तहमै सहज उपलब्ध नहुने गरेको प्रति उनले ध्यानाकर्षण गराए। उनका अनुसार राज्यका धेरै संयन्त्रहरू पनि अझै अपाङ्गमैत्री छैनन्।

मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म निर्माणको तयारी गरिरहेको बताउँदै, यसका लागि आवश्यक सुझाव दिन सबैलाई अनुरोध गरे। सरकारले अपाङ्गता भएका व्यक्तिहरूका समस्याप्रति गम्भीर रहेको र समाधानका दिशामा काम गरिरहेको उनको भनाइ थियो।

त्यसैगरी, वर्तमान सरकारको प्रमुख दायित्व सुशासन सुनिश्चित गर्ने र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै उनले सरकार सोही दिशामा अघि बढिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search