Epost Nepal

आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है !

शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ?  भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी  हुने हो,  भन्न सकिन्छ । तर त्यति मात्र होइन ।
हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ ।
सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म बिस्तारै अल्छी हुँदै गए । त्यो कसरी भयो त ?
विभिन्न रोगहरू जाँच्दै जाँदा टीचिंगमा चर्म रोग विशेषज्ञ डा.सीमा सिटौलालाई पनि जँचाए । वहाँले भिटामिन डी जाँच गर्न भन्नु भयो । भिटामिन डिको लेबल ३० भन्दा माथि हुनुपर्नेमा मेरो १३ मात्र रहेछ । यसरी लेबल तल झरेपछि मांसपेशी दुख्ने, जोर्नीहरू दुख्ने र जे गर्दा पनि अल्छी मात्र लाग्ने हुँदो रहेछ ।
म किन अल्छी हुँदै गए भनेको, वैज्ञानिक कारण त्यसो पो रहेछ । अर्थात् हाम्रो पढाई लेखाई र मेहनत गर्ने कुरा, आकाशको सूर्यसँग सम्बन्धित रहेछ । आकाशको सूर्यलाई हेला गर्यो भने भिटामिन डी पाइँदो रहेनछ । अनि पढ्ने लेख्ने कुरामा पनि अल्छी भइँदो रहेछ । त्यसैले आकाशको सूर्यको वैज्ञानिक महत्वलाई कसैले पनि अवहेलना नगरौँ है ।
– समीर सिंह

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search