Epost Nepal

प्रधानमन्त्री ओलीको सचिवहरूप्रति असन्तुष्टि: “कानुनी अड्चनको बहाना गरेर काम रोक्न मिल्दैन”

२० पुस, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको कार्यसम्पादन शैली र सरकारको काम गर्ने गति चित्तबुझ्दो नभएको भन्दै सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार साँझ जावलाखेलस्थित स्टाफ कलेजमा ५० भन्दा बढी सचिवहरूसँग आयोजित छलफलमा उनले यो असन्तोष व्यक्त गरेका हुन् ।

सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ओलीले आफ्ना दुई सल्लाहकारसहितको टिमसँग करिब साढे चार घण्टा छलफल गरेका हुन् ।

छलफलका क्रममा सचिवहरूले राजनीतिक दबाबमा काम गर्दा ‘ओभर साइट एजेन्सी’ (जस्तै अख्तियार) हरूको कारबाहीको केन्द्रविन्दु कर्मचारी मात्रै पर्ने गरेको आशयको अभिव्यक्ति दिएका थिए ।

हरेक निर्णयमा कर्मचारीमाथि मुद्दा चल्ने तर राजनीतिकर्मीलाई केही नहुने आशयको मन्तव्य सचिवहरूले राखेपछि ओलीले कानुनी अड्चन देखाएर नागरिकको काममा बाधा पुर्‍याउन नहुने बताएका थिए । राजनीतिकर्मी पनि ‘भिजन’ लिएर सिंहदरबार छिरेकाले उनीहरूले अह्राएको काम गलत नै हुने सोच नराख्न उनले आग्रह गरे । सचिवहरूको कुरा सुनेपछि बोल्ने क्रममा प्रसंग जोड्दै उनले भने,’ ‘हामी पनि टाउको घरमै राखेर सिंहदरबारमा छिरेका हुँदैनौँ ।’

बैठकमा सहभागी एक सचिवका अनुसार ओलीले आफूहरूले राम्रो काम गरौँ भन्ने नै सोचेको भन्दै टाउको घरमा राख्नुको अर्थ रित्तो दिमाग लिएर सिंहदरबार नछिरेको आशय राखेका थिए ।

उनले मन्त्रीले असल नियतले अह्राएको कामलाई राजनीतिक हस्तक्षेप सम्झन नहुने बताएका थिए । सचिवहरूलाई ओलीले तपाईँहरूप्रति मन्त्रीहरूको गुनासो पक्कै होला भनेका थिए । ‘यसबाट सचिवहरूप्रति मन्त्रीको गुनासो प्रधानमन्त्रीसम्म पुगेको प्रस्ट हुन्थ्यो,’ एक सहभागीले भने ।

ओलीले काममा अप्ठेरो परे आफूले फुकाउने भन्दै कानुनी अड्चन देखाएर सुशासन कायम राख्न अवरोध सिर्जना गर्न नहुने पटक–पटक दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ता तथा जनशक्ति महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यले सरकारको लक्ष्यअनुसार सेवा प्रवाह र कार्यसम्पादनका विषयमा छलफल भएको बताए । उनले प्रधानमन्त्री ओलीले सचिवहरूबाट धेरै कुरा सुनेको बताए । आचार्यले भने, ‘सुधारका लागि के के गर्नुपर्छ आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।’

सचिवहरूलाई पनि सुधारका लागि गरिने कामका लागि कानुन अड्चन भए सरकारले फुकाउने वचन ओलीले दिएको जानकारी प्रवक्ता आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search