Epost Nepal

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं – सरकारले हाल जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । ‘हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search