Epost Nepal

एनसेलको अनुमती पत्र नवीकरणका लागि किस्ताबन्दी सुविधा दिने निर्णय

१३ भदौ, काठमाडौं – दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमती पत्र नवीकरणका लागि सरकारले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई अब चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको हो ।

एनसेलले बुझाउने चार किस्तामध्ये पहिलो किस्तामा अतिरिक्त शुल्क लाग्ने छैन । दोस्रो, तेस्रो र चौथो किस्तामा सरकारले १० प्रतिशतका दरले ब्याज लिने छ । यस कामका लागि सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ ।

भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइेसन्स) अवधि सकिँदै छ । त्यसअघि नै सरकारले किस्ता सुविधा दिएर लाइेसन्स नवीकरण गर्ने निर्णय गरेको हो ।

यसअघि पहिलो र दोस्रो पटक अनुमपतीपत्र नवीकरणका बेला पनि सरकारले एनसेललाई किस्ताबन्दीमा आवश्यक दस्तुर बुझाउने सुविधा दिएको थियो । तर यसअघि ब्याजको सर्त राखिएको थिएन ।

किस्ता सुविधलाई महालेखा परीक्षकको प्रतिवेदनले कानुनसम्मत नभएको र राजश्वमा पनि घाटा हुने ‌भन्दै यस्तो प्रवृत्तिमा सुधार गरी राजस्व असुल गर्न सुझाव दिएको थियो ।

एनसेलले दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुसार अनुमतीपत्रको अविधि सकिनुभन्दा तीन महिनाअघि गत जेठ १४ मै ४ अर्ब रूपैयाँ दस्तुरसहित नियामक नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिएको थियो ।

बाँकी रकम किस्तामा तिर्ने सुविधा उपलब्ध गराउन आग्रह गर्दै आएकोमा प्राधिकरणले भने कानुनले त्यस्तो अधिकार नदिएको जानकारी गराएको थियो । एनसेलको आग्रह र यसअघिका किस्ता सुविधाबारे जानकारी गराउँदै प्राधिकरणले केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search