Skip to main content

Epost Nepal

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि टाउकोमा झुण्ड्याएको तरबार हट्यो: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

८ भदौ, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले फुटाउन नसक्ने आधार तयार भएको बताएका छन् ।

माओवादी केन्द्रको नुवाकोट सम्पर्क समितिले शनिबार काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनवटा प्रदेशको केन्द्रीय समिति बैठक सकिँदा माओवादीलाई कसैले फुटाउन सक्दैन भन्ने आधार तयार भएको र फुटेर गएका र छुटेकाहरू पार्टीमा एकताबद्ध हुने बताएका हुन् ।

‘हाम्रो पार्टी कसैले फुटाउन सक्दैन, हल्लाउन सक्दैन। बरू केही समयपछि हेर्दै जानुहोला फुटेर गएका, बाँकी रहेका माओवादी पनि एकताबद्ध हुन्छन् । माओवादी आन्दोलनलाई एकताबद्ध गरेर हामी अगाडि बढ्छौं। यही हाम्रो लक्ष्य हो,’ अध्यक्ष प्रचण्डले भने ।

उनले माओवादीलाई फुटाउने षड्यन्त्र ‘जनयुद्ध’का बेलामा पनि भएको बताए ।

‘पछि पनि गरे। केही साथीहरू विभाजन भएर जानुपनि भएको हो । धेरै जसो फर्केर हामी एकताबद्ध भयौं । बाँकी रहेकासँग एकता वार्ता चलिरहेको छ । छिट्टै हामी एकताबद्ध हुने प्रयासमा जुटिरहेका छौं,’ उनले भने ।

उनले अर्कोपटक कांग्रेस र एमालेलाई चुनौती दिनुपर्ने र त्यही आत्मविश्वासका साथ जनताको घर घरमा गएर ०६४ सालको जस्तै माहोल सिर्जना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीको टाउकोमाथि झुन्डिएको तरबार हटेको पनि बताए ।

‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *