Epost Nepal

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउन निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको छ : पुष्पकमल दाहाल

१६ असार, काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् ।

आइतबार एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताएका हुन् ।

उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह समेत गरेका छन् ।

‘एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।’

दाहालले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे ।

उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए । ‘नेपाल संविधन सभामा गयो, गणतन्त्रमा गयो समृद्धिमा गयो । प्रचण्ड अस्थिर नभएको भए यस्तो हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुने थिएन,’ प्रधानमन्त्री दाहालले भने, ‘गतिशीलता भनेको के हो ? किलो जस्तो एक ठाउँमा बसिराख्नु मार्क्सवाद हो कि ? पानीको पोखरी जस्तो मार्क्सवाद हो ? कि गडगडाउँदो नदीजस्तो मार्क्सवाद हो ? तपाईंहरुले यो कुरा विचार गर्नुपर्छ । मार्क्सवाद एउटा किलो जस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।’

त्यस्तै प्रधानमन्त्रीले देशमा केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएकाले त्यसलाई विफल बनाउनुपर्ने उल्लेख गरे ।

‘देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी भाष्य हो, त्यो प्रतिगमनकारी भाष्य हो।’, प्रधानमन्त्रीले भने, ‘भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुपर्‍यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुपर्‍यो।’

उनले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए।

प्रधानमन्त्रीले भने, ´आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search