Epost Nepal

संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति अहिलेको महत्त्वपूर्ण एजेन्डा: शेरबहादुर देउवा

१६ असार, काठमाडौं – कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए ।

‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,’ देउवाले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।’

सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए । ‘यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘मुलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् माधवजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यसकारणले माधवजीले नेपालको राजनीतिमा महत्त्वपूर्ण योगदान दिनुभएको कुरा सबैलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search