Epost Nepal

सांसद धनराज गुरुङको पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग

५ असार, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएको खण्डमा मुलुकका भ्रष्टाचार र राजश्व चुहावटसमेत नियन्त्रण हुने दाबी गरे ।

‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु । आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब प्रतिबन्ध लगाएर जानुपर्छ ।’

उनले यदि ती नोट प्रतिबन्ध लगाएका खण्डमा ८० प्रतिशत गैरकानूनी कारोबार रोकिने दाबी गरे ।

‘८० प्रतिशत भ्रष्टाचार नियन्त्रण र राजस्व चुहावट नियन्त्रण हुन्छ,’ उनले भने, ‘अनि सिरानीमुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा र पानीमुनि भएका सबै पैसा बाहिर आउँछ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search