२९ जेठ, काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराएका हुन् ।
देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटाले सोमबार ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए ।
विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ । यसअघि कांग्रेसका टकराज गुरूङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् ।



