२८ जेठ, काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन् ।
सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए ।
विश्वासको मतको पक्षमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा सहित कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले मतदान गरेका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।
एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।



