Epost Nepal

गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाए: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया

८ जेठ, काठमाडौं  – कान्तिपुर पब्लिकेशन्स अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले प्रक्राउ गरेको बताएका छन् ।

प्रहरीले कान्तिपुरको थापाथलीस्थित कार्यकक्षबाट मंगलबार साँझ प्रक्राउ गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगी काण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’

सिरोहियाले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए । ‘कुनै मान्छेलाई कुनै उजुरी पर्दैमा कार्यकक्षबाट प्रक्राउ गरिन्छ । तपाईं हामीले २०६२/२०६३ मा लडेर, ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्र/गणतन्त्र यही रहेछ भन्ने कुरा माननीय गृहमन्त्री ज्यूबाट थाहा भयो । कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ ? मलाई सोधपुछ हुँदैन ? त्यसो भए त माननीय गृहमन्त्री ज्यूको दुई वटा पासपोर्टको मुद्दा छ । यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु । उहाँको दुई वटा पासपोर्ट छ । महान्याधिवक्तालाई यो मुद्दा फिर्ता लिन अधिकार छैन,’ उनले भने ।

आफूमाथिको नागरिकता छानबिनको विषयमा राज्यलाई सहयोग गर्दा पनि गृहमन्त्रीविरुद्ध समाचार लेखेको प्रतिशोधको आधारमा प्रक्राउ गरिएको उनले दोहोर्‍याए । ‘ममाथिको छानबिनको कुरा छ । मैले भन्दै आएको थिएँ । म सघाउँछु । म यो देशको नागरिक हो । सबै कुरामा राज्यलाई सघाउँछु । तर हचुवाको भरमा नवअधिनायकवाद देखिएको छ । यो तपाईं हामी माथि र प्रेस स्वतन्त्रता माथिको कुठराघात हो । मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिँदै छ । यसका विरुद्ध म अन्तिम समयसम्म लडाईं लड्ने छु । तर यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ ।’ उनले नागरिकता छानबिनको बहाना बनाएर सहकारी ठगीकाण्डविरुद्ध समाचार लेखेकोमा गिरफ्तार गरिएको प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search