Epost Nepal

अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ : कांग्रेस सांसद प्रदीप पौडेल

३ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले  कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पौडेलले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए । उनले कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताए । उनले अनियमितताविरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए ।

उनले भने, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ । विपक्षमा बसेर कांग्रेसले प्रश्न गर्‍यो, सत्तामा बसेर सत्तारुढ दलहरुले कांग्रेसलाई प्रश्न गरिरहेका छन् । सत्तामा बस्ने त उत्तर दिनका लागि हो, कामबाट उत्तर दिने उद्देश्यका लागि सत्तामा बस्ने हो । तर सत्तामा बसेर विपक्षीमा भएको कांग्रेसलाई प्रश्न गरिरहेका छन् । कांग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्‍यौं । सत्ताको काम उत्तर दिने हो उनीहरुको प्रश्न गर्ने होइन । उत्तर दिन सकेनन्, उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरुले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन् ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका विरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाए । भने, ‘अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ । मेराविरुद्ध अदालतले निर्णय गर्न पाउँछ, म अदालत भन्दा धेरै माथि हुँ । मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत ? त्यस्तो ढंगबाट धम्की आइरहेको छ । यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो । कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुनेबाटो तिर जान दिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search