३ जेठ, काठमाडौं – सत्तारुढ अन्य दलहरू सहकारीको बचत अपचलनबारे छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले छानबिन समिति गठनको माग गरेको छ ।
केन्द्रीय कमिटीका निर्णय बिहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दु:खद भएको उल्लेख गरेको छ ।
कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकको निर्णयमा भनिएक छ ।



