२ जेठ, काठमाडौं – बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ५ लाख जरिवानाको सजाय तोकेको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
पाटन अदालतका रजिष्ट्रार विमल पराजुलीले न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको बताए ।
यो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ ।



