२३ बैशाख, काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) दल विभाजन भएको छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको हो ।
जनता समाजवादी पार्टी विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् ।
आयोग पुग्नेमा सात सांसद छन् । जसमा एक वहालवाला मन्त्री पनि छन् । पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् ।
सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् ।



