Epost Nepal

विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहे छन् : राजेन्द्र लिङ्देन

२३ बैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्तामात्रै रहेको जिकिर गरे ।

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष लिङ्देनले भने, ‘विदेशीहरुको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाईं भोलि बिहान उठ्दाखेरि प्रधानमन्त्री आफैंले समीकरण परिवर्तन गरिसकेको हुन्छ । उनीहरुको प्राथमिकतामा सत्तामात्रै छ । सत्ता के, का लागि छ ? भन्दा एउटा त मिलिजुली बाँकी रहेको देशमा लुट्ने र अस्ती लुटेको कारबाहीबाट जोगिने । यसबाट जोगिनका लागि उनीहरु जोडिने । यो कहिलेसम्म देशले धान्नसक्छ ? यो अवस्था हामीले कहिलेसम्म हेरेर बस्न सक्छौं ? यो अवस्थाबाट देशलाई मुक्त गर्नुपर्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने इमान्दार राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै हो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search