Epost Nepal

६ बैंक र केही सञ्चालकलाई कारबाही

२० बैशाख, काठमाडौं – राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।

कारबाहीमा परेका बैंकमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई रहेका छन् ।

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

यो घटना मर्जर अघि लक्ष्मी बैंक हुँदा भएको हो। यो कर्जा स्वीकृत गरेका सिइओलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ।

पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण गर्दा प्राइम बैंकको सिइओलाई नसिहत दिनुका साथै सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ।

कुमारी बैंकलाई समेत पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै राष्ट्र बैंकले बैंकका सिइओ तथा सञ्चालकलाई सचेत गराएको छ।

कुमारी बैंकले ‘बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन’को व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो। यो रकम असुल गरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकका सिइओलाई समेत सचेत गराएको छ। चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको थियो।

ग्राहक पहिचानमा गम्भिरता नदेखाएको भन्दै लुम्बिनी विकास बैंक र निर्देशन पालना नभएको भन्दै एक्सेल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search