Epost Nepal

पुष्पकमल दाहाललाई चुनावमा गोरखा-२ छोड्नु आफ्नो गम्भीर गल्ली भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाई

१३ बैशाख, काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०७९ सालको चुनावमा गोरखा-२ बाट उम्मेदवार नबनेर पुष्पकमल दाहाललाई छोड्नु आफ्नो गम्भीर गल्ली भएको बताएका छन् ।

सामाजिक सन्जाल एक्समा लामो लेख्दै भट्टराईले कहिलेकाहीँ असल नियतले लिएका निर्णयको गलत परिणाम निस्कने गरेको उल्लेख गरेका छन् । आफूले प्रचण्डलाई निर्वाचन क्षेत्र छोडिदिने निर्णय पनि असल नियतबाट लिए पनि परिणाम सही ननिस्किएको उनको भनाई छ ।

“कहिलेकाहीं असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन,” भट्टराईले लेखेका छन्, “..मैले असल मनसायले गरेको निर्णयले आमजनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।”

उनले आफ्नो मासिक जिल्ला भ्रणका क्रममा आफूलाई जनसमुदाय र पार्टीका साथीहरूले गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउने गरेका पनि उल्लेख गरेका छन् ।

“समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ,” भट्टराईले भनेका छन् ।

भट्टराईले ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम, दाम, दण्ड, भेदको दुष्चक्रमा फस्दै गएको, हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको र जनताका सुशासन र समृद्धिका आकांक्षामा तुषारापत भइरहेको अवस्थामा आफूले सत्ता बाहिर बसेर खबरदारी गर्नेगरी असल मनसायले त्यस्तो निर्णय लिएको उल्लेख गरेका छन् ।

“आफू सदन र सरकारमा नगई पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ,” भट्टराईले भनेका छन्, “परन्तु निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search