Skip to main content

Epost Nepal

नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी

१२ बैशाख, काठमाडौं – अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी भएका छन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि  दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बुधबार नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको यस्तै प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सबै समझदारीपत्रको उदेश्य सहकार्य र सहयोग आदानप्रदान गर्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *