Epost Nepal

सहकारीको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गर्न सरकारसँग एमालेको माग

१० बैशाख, काठमाडौं – सत्ता साझेदार प्रमुख दल एमालेले सहकारीको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरेको छ ।

ललितपुरको गोदावरीमा दुई दिन चलेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले सहकारीका बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन माग गरेको हो ।

‘देशका केही सहकारीहरूमा गम्भीर समस्या र बेथिति देखापरेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बौं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ताह सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । लघुवित्तका ऋणिहरू पनि समस्यामा परेका छन् । मिटरब्याज पीडितका समस्या पनि पूर्ण रूपले समाधान भएका छैनन्,’ प्रस्तावमा उल्लेख छ, ‘सहकारीमा पैदा भएका यस प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ ।’

त्यस्तै बैठकले आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्य सञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरूको भयावह स्खलनका कारणले समाजमा चौतर्फी नैराश्य बढेको निष्कर्ष निकालेको छ । ‘अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नुपरेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीहरूमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरूमा यो देश बन्छ र देश हामीले नै बनाउँछौं भन्ने सकारात्मक ऊर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई यो बैठक आह्वान गर्दछ’ एमालेले भनेको छ ।

यसैगरी बैठकले ‘भ्रष्टाचारका विरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न’ सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search