Skip to main content

Epost Nepal

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

२५ चैत्र, लुम्बिनी – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्।

शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्।

उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *