Epost Nepal

सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं : पूर्वराजा ज्ञानेन्द्र शाह

२५ चैत्र, जुम्ला – पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक खानकै लागि काम खोज्न भौंतारिरहेको देख्दा मनभरि पीडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन शनिबार जुम्ला पुगेका पूर्वराजा शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

आफ्नै पाखुराको बलमा अघि बढ्नुपर्ने समय आइसकेको स्मरण गराउँदै शाहले यातायातको विकटता र हावापानीको जटिलता भएका क्षेत्रमा रहेको स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

‘रोजगारीका लागि जन्मे हुर्केको थातथलो छोडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यता छ। अर्काको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ पूर्वराजा शाहले भने, ‘यो हिजो होइन। हामी बदलिरहेका छौं। परिवर्तन पीडादायी भए पनि सुखद हुने निश्चित छ। सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं।’ उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे।

पूर्वराजा शाहले भने, ‘पहिले राष्ट्रिय सोच बनाऔं। मार्ग सुधार गरौं। नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं, यही नै देशका लागि भलाइ हुनेछ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search