चैत्र २१, सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको खाँचो महसुस भएको बताएका छन् ।
बुधबार प्रदेशसभालाई सम्वोधन गर्दै उन्ले भने ‘संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिने अवस्था निम्तियो,’ । ´सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको महसुश भयो ।’
१५ महिना मुख्यमन्त्री भएका शर्माले संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । ‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरिब जनतालाई प्राथामिकता दिइनुपर्ने हो । तर, हामी संसदीय अंक गणितको भद्धा प्रहसनमा मात्र रुमल्लिरह्यौँ,’ उनले भने, ‘पटक-पटक विश्वासको मत लिँदा सरकारको नियमित काममा अवरोध भयो, पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउँछ। अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्छ ।’
उनका अनुसार प्रदेशलाई संवैधानिक मर्मअनुुसार पूर्णरुपमा काम गर्न नदिएसम्म प्रदेशले विकास गर्न सक्दैन । केन्द्रीय राजनीतिमा देखिएको अंकगणितका अनुसार चल्ले भएकाले यसले प्रदेशमा असर परेको बताए ।



