Epost Nepal

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने

४ चैत्र, धनगढी  – नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका दलका नेता चौधरीले भने,  ‘हामी अहिले पनि यही सरकारमा छौँ, यसलाई कायमै राखेर जाने निर्णय भएको छ’ ।

बैठकमा नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाको उपस्थिति रहेको थियो। उपस्थित पाँचैजना प्रदेश सरकारका मन्त्री हुन्। बैठकमा सांसद कैलाश चौधरी र टीका थापा भने अनुपस्थित थिए। दुवैजना उपचारका लागि काठमाडौं गएकाले बैठकमा सहभागी हुन नसकेको दलका नेता चौधरीले दाबी गरे।

प्रदेश सरकारलाई समर्थन गर्ने विषयमा नागरिक उन्मुक्तिभित्र तीव्र विवाद छ। अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारबाट फिर्ता हुन संसदीय दललाई गत साता निर्देशन दिएकी थिइन्। पार्टीका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरी भने प्रदेशमा समर्थन कायम गरेर जानुपर्ने पक्षमा छन्।

पार्टी अध्यक्षको निर्देशनबारे सोधिएको प्रश्नमा दलका नेता चौधरीले संसदीय दलको अधिकार प्रयोग गरेर समर्थन कायम राख्ने निर्णय गरिएको बताए। ‘जनताको हितका लागि पार्टी गठन भएको हो, जनताकै हितका लागि दललाई दिएको अधिकार प्रयोग गरेर निर्णय गरेका हौँ,’ उनले भने।

नागरिक उन्मुक्तिले समर्थन कायम राख्ने निर्णय गरे पनि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमै छन्। प्रदेश सभामा एक सांसद रहेको राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरेको अवस्थामा भने सरकारको पक्षमा बहुमत पुग्छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ। सत्तापक्षमा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search