Epost Nepal

राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फाल्गुन, काठमाण्डौं – राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले शपथ लिएका छन् ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएकी हुन् ।

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रियसभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एकजना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको छ । राष्ट्रियसभामा माओवादी सदस्यको संख्या १७ पुगेको छ । त्यस्तै, कांग्रेसका १६ सदस्य छन् । शपथपछि राष्ट्रियसभाका सदस्यहरूले संविधानअनुसार कानुन र नीति बनाउन ध्यान दिने बताएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष पदको निर्वाचन भने आउँदो फागुन २९ गते गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search