Skip to main content

Epost Nepal

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न समिति गठन

१३ फाल्गुन, काठमाण्डौं – पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न समिति गठन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी रहेका छन् ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *