Skip to main content

Epost Nepal

परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी

११ फाल्गुन, काठमाण्डौं – काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी भएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा बोक्न दिएकी थिइन् । डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरी छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको परिसरले  जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *