Epost Nepal

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने गगन थापाको प्रस्ताव

८ फाल्गुन, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुनहुँने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् ।

मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,’ उनले भने, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

त्यसका लागि कांग्रेसको संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनतामा कांग्रेसप्रति विश्वास जगाउनुपर्ने थापाको भनाइ छ । ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै, आम जनताको विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापति हुनेछौं,’ थापाले भने ।

प्रतिवेदनमा थापाले गठबन्धन नगर्ने कुरा राखेपछि सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएका थिए । तर थापाको प्रतिवेदनमा वर्तमान सत्तारुढ गठबन्धनलाई भने प्रतिनिधिसभाको वर्तमान कार्यकालभर कायमै राख्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

निर्वाचनपछि गठबन्धन गर्न सकिने तर सबै निर्वाचन क्षेत्रमा पहिले नै गठबन्धन गरेर उम्मेदवार नउठाउने प्रस्ताव थापाले ल्याएका हुन् । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्था नीति तथा कार्यक्रमका आधारमा गठबन्धन हुनसक्ने उनको प्रतिवेदनमा उल्लेख छ । ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा चुनावपछाडि स्वाभाविक हुनसक्छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search