Epost Nepal

अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्नेछ: केपी शर्मा ओली

७ फाल्गुन, काठमाण्डौं  –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए ।

कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे ।

उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर । अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन् ।’

कांग्रेसमा सभापति शेरबहादुर देउवा चुनावी गठबन्धनबारे अहिले निर्णय गर्न नहुने पक्षमा छन् । तर, महामन्त्री गगन थापा महासमिति बैठकबाट चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search