Skip to main content

Epost Nepal

सहकारीलाई बदनाम गराउने प्रयास भइरहेको छ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

७ फाल्गुन, काठमाण्डौं  –  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेको बताएका छन्।

देश विकासका लागि सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भएको बताए।

सहकारीको महत्त्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रूपमा सहकारीलाई प्रयोग गर्न खोज्दा समस्या बढेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *