Epost Nepal

पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

२ पुस, काठमाण्डौं – फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो। 

लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा  गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो। 

त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे।

लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ। 

१२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा अझै बलियो स्थानमा छ। 

मोनाको ३० अंकसहित तेस्रो स्थानमा छ। मोनाको शुक्रबार लियोनसँग १-० ले पराजित भएको थियो भने निस शनिबार हाभ्रेसँग  ३-१ ले पराजित भएको थियो।

बुधबार बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगको समूह एफको उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेपछि पिएसजीको यो पहिलो खेल हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search