Epost Nepal

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ ।

शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

नेपालमा पर्याप्त मात्रामा किशोर साहित्यको लेखन नभइरहेको अवस्थामा ‘मङ्की माइन्ड’ ले थोरै भएपनि किशोर साहित्य लेखनको अभाव पूर्ति गरेको उनको भनाइ थियो ।

पुस्तकमाथि किशोरी तपस्या वाग्लेले विस्तृत समीक्षा गरेकी थिइन् । यसैगरी तारानिधि भट्टराई, केशरी अम्गाईले पनि पुस्तकको बारेमा समीक्षात्मक मन्तव्य राखेका थिए । सिर्जना शर्मा, के.के. कर्माचार्य लगायतले कृतिलाइ शुभकामना दिएका थिए ।

कृतिकार शान्ति सापकोटाले पुस्तक लेखनको औचित्यका बारेमा स्पष्ट पारेकी थिइन् । कार्यक्रमका वक्ताहरुले किशोर साहित्य अत्यावश्यक रहेको र यो अभियानकै रुपमा चलाउनु पर्ने उल्लेख गरे । साझा प्रकाशनले प्रकाशनमा ल्याएको यो कृतिमा १० कथा सङ्ग्रहित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search