Epost Nepal

रित्तो गोजी

* सुगिता शाह 

लखतरान
जिन्दगी बोकेर हिँडेका
गोडाहरू,
सलबलाएका
हातहरू,
बरबराएका अनिदा रातहरू
सयर गरिरहेछन् ।
हमासका बङ्करहरूमा ।

रात लम्पसार छ
दिन लठेब्रो छ
साँझ टोलाएको छ ।
बिहानी ले झकझकाएको छ
चिलगाडीमा
सपना सयर गरिरहे छ ।

जुवाको दाउमा नागरिकता छ
गिज्याई रहेछ मनुवालाई
देश ठुलो की
गोजी ?

घर ?
होइन पाठेघर
रित्तो हुने भो
बारी ?
होइन कोख बाँझो हुने भो ।

ऊ रित्तो भए पछि
सौदाबाजी हुन्छ
बेचबिखन चल्छ
न्याय,
अस्मिता ,
आत्मसम्मान र
मुटु ,कलेजो
पहिचान
र देशको
फुत्त झर्छन्
एक थान पिडा
एक थान अभाव
अनेक थान सपना
अनगिन्ती रहर
एक हुल जिम्मेवारी
रित्तो
गोजी बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search