Epost Nepal

पुनः लेख्नेछु !

* बिनु ‘खुसी’
हरियाली थियो मौसम
  रङ्गी विरङ्गी ती सपना
 मुना थियो काखामा
हर्षित थिए बिपना
 नसुती बिते दिन
 अनि रोएरै कटे
 कति रातहरू
हुण्डरी बनी आयो
 कापे मेरा हातहरू
नसोचेको
 नसम्झेको
 यो के भो सपना ?
 सारा खरानी भई
 चकनाचुर पो भो
 आशा पनि
मर्न थाले
 मन खुसी भएन
 शरीरले बाटो
 छेके पनि
 मन गलेको थिएन
 अर्ध नारी भएछु !
 कठै हराएछन् मेरा रङ्गहरू
लड्दै हिँडे
 भिड्दै हिँडे
जित्नु छ
जङ्ग भनी
 दुख्यो छाती
 गले मेरा हातहरू
कतै छुट्ने हुनकी
 कठै समाउने ती साथहरू
मनमा आशा
 आफ्नाको भरोसा
 मौलाउने थाले
 फेरि नयाँ पालुवा
 आफू भित्रको दृढ विश्वास
अनि आफ्नाको माया
 दरो थियो साथ
 आखिरमा,
मृत्युलाई पनि
दिए मैले मात
अवश्य मौलाउनेछन्
फेरि पालुवा
 अनि उदाउने छ
 सुन्दर बिहानी
 पुनः लेख्नेछु
सुन्दर मनले
 फेरि म आफ्नै कहानी
कुँजिएको शरीरलाई
सुमसुम्याउन थाले
 पतझर बनेका पालुवा फेरि
 फक्रिन थाले
 माया गर्छु आफैँलाई
म आफ्नो आफैँ भए
साथी चरी(पन्छी) बनी उड्छु
 आज गगनको माथि माथि
२०७७ कार्तिक १८ गते बेलुका ७:५०, 
 बुढानीलकण्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search