Epost Nepal

मुटुको संवेदना !

*डा.कौशिला रिसाल

हामी प्रत्येकसँग मुटु हुन्छ
मुटु धड्कन हो,
विश्वास हो
कसैको भरोसा हो
मायाको आवास हो ।

मुटु विशेष हुन्छ
आफ्नाहरूको मुटु झन् विशेष हुन्छ
मुटुभित्र राखेर
जतनले हुर्काएका सन्तान झनै
विशेष हुन्छन् ।

 

यतिबेला

आशाको हरियो डालीमा

पलाएको
रहरको कोपिला
फक्रिन नपाउँदै
उडाइदिएको छ दशाको
आँधीले
पिरको नासो थमाएर
सन्तान सुतेदेखि चीर निद्रामा
बेस्सरी हल्लिएर आमाको
मुटुबाट
निस्किहेका छन्
चीत्कारको आर्तनाद स्वर ।

 

शून्यतामा बिलाएका छन्

आँखाबाट झरेका आँसुका
ढिका,
निदारबाट तप्प चुहिएर
बिलाएको
एक बुँद पसिनाजस्तै
खत्रक्कै खसेर हमासको
माटोमा
बिलाएपछि आफ्नो प्रतिबिम्ब
उतै छोडिएको छ सपनाको
सुन्दर घर
टुटेको छ जीवनको शृङ्खला
हिउँदे बतासको
एक झोक्का चिसो वेदनाले
मनाएको छ मृत्युको उत्सव
आमाको मुटुभित्र
कहिल्यै नरित्तिने गरेर
भरिएको छ पिरको भकारी ।

छियाछिया भएर
रगतले लतपतिएको
आफ्ना सन्तानको अनुहार
काटिएको हातका पञ्जा
टुक्राटुक्रा भएर भुइँमा खसेको
बीभत्स दृश्यले दिएको
दुःख र पीडाको नमेटिने घाउ
कुन आमाको मुटुले थेग्न सक्छ ?

मलाई यस्तो लाग्छ-
देश यदि देश हो भने
सरकार यदि सरकार हो भने
जनता यदि जनता हुन् भने
जिन्दगीका सपना
चुडिनेहरूका लागि
संवेदनाको गहिराइबाट
जिम्मेवार जबाफ देऊ
सरकार
श्रम सम्झौताको नाममा
कहिलेसम्म
बेचिरहनेछ्न्
नागरिकका
हुर्किँदै गरेका मुटुहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search