Epost Nepal

मुटुको संवेदना !

*डा.कौशिला रिसाल

हामी प्रत्येकसँग मुटु हुन्छ
मुटु धड्कन हो,
विश्वास हो
कसैको भरोसा हो
मायाको आवास हो ।

मुटु विशेष हुन्छ
आफ्नाहरूको मुटु झन् विशेष हुन्छ
मुटुभित्र राखेर
जतनले हुर्काएका सन्तान झनै
विशेष हुन्छन् ।

 

यतिबेला

आशाको हरियो डालीमा

पलाएको
रहरको कोपिला
फक्रिन नपाउँदै
उडाइदिएको छ दशाको
आँधीले
पिरको नासो थमाएर
सन्तान सुतेदेखि चीर निद्रामा
बेस्सरी हल्लिएर आमाको
मुटुबाट
निस्किहेका छन्
चीत्कारको आर्तनाद स्वर ।

 

शून्यतामा बिलाएका छन्

आँखाबाट झरेका आँसुका
ढिका,
निदारबाट तप्प चुहिएर
बिलाएको
एक बुँद पसिनाजस्तै
खत्रक्कै खसेर हमासको
माटोमा
बिलाएपछि आफ्नो प्रतिबिम्ब
उतै छोडिएको छ सपनाको
सुन्दर घर
टुटेको छ जीवनको शृङ्खला
हिउँदे बतासको
एक झोक्का चिसो वेदनाले
मनाएको छ मृत्युको उत्सव
आमाको मुटुभित्र
कहिल्यै नरित्तिने गरेर
भरिएको छ पिरको भकारी ।

छियाछिया भएर
रगतले लतपतिएको
आफ्ना सन्तानको अनुहार
काटिएको हातका पञ्जा
टुक्राटुक्रा भएर भुइँमा खसेको
बीभत्स दृश्यले दिएको
दुःख र पीडाको नमेटिने घाउ
कुन आमाको मुटुले थेग्न सक्छ ?

मलाई यस्तो लाग्छ-
देश यदि देश हो भने
सरकार यदि सरकार हो भने
जनता यदि जनता हुन् भने
जिन्दगीका सपना
चुडिनेहरूका लागि
संवेदनाको गहिराइबाट
जिम्मेवार जबाफ देऊ
सरकार
श्रम सम्झौताको नाममा
कहिलेसम्म
बेचिरहनेछ्न्
नागरिकका
हुर्किँदै गरेका मुटुहरू

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search