Epost Nepal

मलाइ हाँसो लाग्दछ

*  मोहनविक्रम सिंह
मलाई हाँसो लाग्छ,
जब भन्छ अन्धकारले आई,–
‘मैले रोक्दछु प्रकाश लाई,
शून्य पारी सूर्यको तेज–राशि,
अन्धकारमय, बनाउँछु विश्वलाई !
मैले कसरी पत्याऊँ ?
जब ती गगन चुम्बी महलहरूले,
गुलाफी गाला, सुकोमल शरीर,
धडकी रहेका छातीहरूले
गर्न थाल्दछन् भयङ्कर गर्जना,
मानवताको भर्त्सना,
क्रान्तिको विस्फोट रोक्दछौँ भनी
’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई
सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी
रूख पात र ढुङ्गा पनि हाँस्दछन्,
जब भन्छन् गोली तोप र एटमले
’संहार गर्छौ मानवतालाई,
दिशा दिशामा फैलाई दानवी जाल,
भस्म गर्दछौँ–
आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई
चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्,
जब भन्छन् जेलका
अग्ला दीवार र फलाम जन्जिरहरूले,
बन्दीहरूमाथिका प्रताडना र सङ्गिनका धारले
‘प्वाँख काटी मास्दछौँ पक्षी जातिलाई
बीज मासी मास्दछौँ,
उम्री रहने नयाँ–नयाँ अङ्कुरहरूलाई ।’
मशान घाटका मुर्दाहरू पनि
उठेर नाच्न थाल्दछन्
जब भन्छन् वेद र स्मृतिका ठेकेदारहरूले
शिर नुगाई, फूल चढाई
भगवान्लाई सम्झी,
अमर गराउँदछौँ थोत्रो व्यवस्था’ कालो कीर्ति
भ्रम रची अन्धकार फिँजाइ
‘रोकी राख्दछौँ तरुण आकाङ्क्षा नवजाग्रति
सारा मानवहरूले
हर्ष बाजा बजाउँछन्
जब सुनाउँछन्–
चराहरूले गीत गाई
‘छेक्न सक्दैन–
अन्धकारले प्रकाशलाई
जेल गोली एटम र
थोत्रा बिचारले–
रोक्न सक्दैन–
 कोटी कोटी जनको पदचापलाई ।
पाल्पा जेल, वैशाख २०, ०१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search