Epost Nepal

म भागिरहेछु वा………

 

  • मोहनविक्रम सिंह

 

 

तिमी भन्छौ,
म भागी रहेको छु,
किनभने म–
‘यो धरतीलाई छाडेर,
आकाशतिर गइरहेको छु’
तर म–
‘यो धरतीको माया मारेर,
त्यो नीलो आकाशको मायामा अल्झेर
आकाशतिर गई रहेको छैन ।’
म त–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर,
यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर
आकाशतिर गई रहेको छु ।’
मलाई आश्चर्य लाग्छ ।
जब तिमीले यो भुल्दछौ–
‘म पनि यही धरतीमा जन्मेको हुँ
जहाँ तिमी जन्मेका हौ ।
मैले पनि यो धरतीलाई माया गर्छु
जहाँका सारा बाँझा चौरहरूमा
हरिया अङ्कुरहरू उम्रन्छन्’
तिमीले भन्छौ–
म भागिरहेको छु ।
तर म भन्छु–
‘म लडी रहेको छु’
म–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर
फेरि फर्केर आउनेछु ।
अनि धर्तीलाई
आकाशका फुलहरूको
सौगात चढाउने छु ।’
त्यो दिन–
‘जब म धरतीको माया मारेर
इन्द्रेणीको रङ्गमा भुल्नेछु
धरतीलाई सिँगार्ने व्रत तोडेर
आकाशमा नै डेरा जमाउने छु
त्यो दिन–
तिमीले मलाई
बाँचेको भए पनि ‘मरेको सम्झनु’
मेरा लासमा परैबाट
डुङ्गाले हानेर ‘फर्केर जानु’
तिमीले किन बिर्सन्छौ– ?
‘म माटामा नै जन्मेको हुँ ।’
तिमीले किन पत्याउन्नौ ?
‘म माटोमा नै मर्ने छु ।’
तिमीले मान वा नमान–
आज नभए भोली
धरतीका चट्टानहरूले बताउने छन्–
‘म भागिरहेको छु वा लडिरहेको छु ’

वि.सं.२०१७ साल कार्तिक१७, वाराणसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search