Epost Nepal

मेरो भूतसँग भेट्यो भने ?

  • विनीता देवकोटा

के गर्ला 

यदि मेरो वर्तमानले 

मेरो भूतसँग भेट्यो भने ?

पिडामा तड्पिरहेको बेला,

नआत्तिए केही क्षणमा 

आनन्द पनि आउँछ भन्ला ?

या 

खुसीमा मात्तिएको बेला, 

धेरै नफुर्की भनी

त्यसपछि आउने दुःखबारे सावधान गराउला ?

झिनो उल्झनले दिनरात सताउँदा 

सुल्झन भेटेसि फिस्स हास्नेछेस् भन्ला ? 

या

सानो कुरामा बडो घमन्ड गर्दा, 

पछुताउनु छ भनी चिन्तित होला ?

अपनत्व बढ्दै जाँदा 

त्यो त केवल क्षणिक हो भनी बुझाउला ?

या 

घृणा छ जो सँग

उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउँला ?

सङ्घर्ष गर्दै जाँदा 

कतिऔं पटकमा सफलता मिल्नेछ भनी बताउला 

या 

भाग्यको भर पर्दा

थोरै उपलब्धि पछि फेरि शून्य मै पुग्ने बाटो हिँडाउला ?

भेट्दा कसैसँग,

यो नै अन्तिम भेट हुनेछ भनी थाहा देला ?

या 

तर्किदा कोहीसँग

बार बार एउटै बाटो पर्नु छ भनी गिज्याउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search