Epost Nepal

बा !  तिमी मेरो फेसबुक वालमा अटेनौ !!

*प्रेम गायक, बागलुङ

बा तिमी बा भएर पनि 

बा जस्तो रहेनौ!

 छोराछोरी र शाखा सन्तान ले

 सम्झिने ठाउँ दिएनौ!

 जन्मदिने मात्रै बा नभएर

 कर्म दिने पनि बाउ हुन्छन्!

 राम्रो गुणको तारिफ गर्दै 

छोराछोरीले तिनैलाई सम्झी रुन्छन्!

 तिमी त जन्मदिने र कर्म दिने भन्दा पनि

 देशकै बागडोर सम्हालेका बा थियौँ

 कुनै एक दुई जना व्यक्तिको नभएर

 तिन करोड नेपालीका पनि बा होऊ!

 तर तिमी बा भएर पनि

 कैले बा जस्तो भएनौ! 

सन्तान प्रति जिम्मेवार भएर

 बा को अनुभूति दिएनौ!

 ऐले सम्म जति पनि बा बनेर

 बा को स्थानमा आई बसेऊ!

 कहीँ न कहीँ कतै न कतै 

लोभ र लालचमा पसेऊ! 

 आँठो सीमा  मिचिँदा पनि 

केही बोल्दैनौ! 

छिमेकीले हेप्दा पनि 

मुख खोल्दैनौ! 

कैले दियौँ महाकाली

 कैले कालापानी!

 उनकै तालमा नाच्दै

 हिँड्छौ ठुलो मान्छे बनी!

 ज्यानको बाजी लगाएर

 एमसिसी भित्रायौँ!

आफ्नै सन्तान रुहाएर 

 मालिकलाई रिझायौँ ! 

 नागरिकता बाँड्न थालेऊ

 भट्ट मकै सरी ! 

यस्तो दुष्ट भय पछि 

बाउ भनौँ कसरी !

 अपराधीलाई माफी दियौँ

 पीडितलाई झन् पिडा !

 बाउ भनेर हुँदो रहेनछ

 लाग्न थाल्यो घृणा !

 तिम्रो सन्तान हु भन्न पनि

 लाज लाग्छ मलाई !

 आफ्नै बाउ खराब भए पछि

 दोष दिऊँ र म कसलाई।

भोलि बा को मुख हेर्ने दिन

 सम्झी रहु जिम्मेवार बा लाई ! 

सन्तानको लागी ज्यान दिन पनि

 पछि नहट्नेलाई ! 

 कति जिम्मेवार थिए 

साँच्चै मलाई जन्मदिने बा !

त्यस्ता बा खोजेर 

ऐले पाउँछु र म कहाँ !

 राष्ट्रका बा

 तिमी बा भएर पनि 

 बा जस्तो रहेनौ ! 

त्यसैले होला आज

 तिमी मेरो फेसबुक वालमा अटेनौ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search