Epost Nepal

रहेनन् लेखक तथा पत्रकार राजेन्द्र पराजुली 

काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । 

लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो ।

२०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो ।

पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । 

उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो ।

पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक दैनिक, आर्थिक अभियान, नेपाल समाचारपत्रजस्ता पत्रिकामा सम्पादकका रूपमा काम गर्नु भएको थियो ।

उहाँको आजै अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रपति पौडेल: लोकतन्त्र सुदृढ गर्न नयाँ जनादेश आवश्यक

३ असोज, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन...

जेनजी आन्दोलनपछि ८ हजार कैदी फरार, कारागारमा सुरक्षा चुनौती

३ असोज, काठमाण्डौं –जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोडपछि अझै ८ हजार ३७५ कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन ...

काठमाडौं उपत्यकामा ३४६ प्रहरी सवारी जले, ड्युटी प्रभावित

३ असोज, काठमाडौं – जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनहरूको ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्...

जनअपेक्षाअनुसार काम गर्न अन्तरिम सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित समारोहमा कुनै शासकीय आकांक्षा वा पदको लालसा लिएर आफू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search