Epost Nepal

लम्पिस्किनबाट खरबौ क्षति

काठमाडौँ । लम्पिस्किन रोगको महामारीका कारण हालसम्म ५२ हजार ४४८ पशु वस्तुको मृत्यु भएको छ । नेपालमा गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ।

२०८० भदौ ७ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले विगत पाँच महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताएका हुन् ।

त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए । हाल एक लाख पाँच हजार २५३ पशु बिरामी अवस्थामा रहेका उनले उल्लेख गरे । उनले हालसम्म जोर्डन, तन्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा सात लाख छ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताए ।

लम्पिस्किन रोग नियन्त्रणका लागि तिनै तहको सरकारबिच समन्वयमा काम भइरहेको मन्त्री भुसालले बताए । आवश्यक प्रचार प्रसारको काम पनि भइरहेको उनले स्पष्ट पारे । आवश्यक पशु चिकित्सक पनि खटाइएको उनले जानकारी दिए ।

मन्त्री भुसालले लम्पिस्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको जानकारी पनि दिए ।

मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा सङ्घीय सशर्त अनुदानअन्तर्गत जाने गरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन् ।

त्यस्तै, महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए ।

उनले प्रदेशहरूले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएका बताए ।

सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्‌ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search