Skip to main content

Epost Nepal

पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ को भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाइरहेको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो।

गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साक...
संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

२१ असार, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति असन्तुष्टि...
ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्...
बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search