Skip to main content

Epost Nepal

राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनअन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीका कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।

त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

भूमि व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३’ र शिक्षा मन्त्रालयको प्रस्तावअनुसार ‘शिक्षा दशौँ संशोधन नियमावली, २०८३’ स्वीकृत गरिएको छ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई समेत स्वीकृति दिएको छ।

निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले मदिरा सेवनमा जरिवाना लगाउने विषय हाल प्रस्तावकै चरणमा रहेको र यसबारे सम्बन्धित मन्त्रालयले आवश्यक स्पष्टिकरण दिने बताए।

उनले गृह मन्त्रीमाथि गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको र केही समयमै सार्वजनिक गरिने जानकारी पनि दिए।

किसानलाई मल अभाव हुन नदिन सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत आवश्यक व्यवस्था गरिसकेको उल्लेख गर्दै उनले यो समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा...
ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि ...
इन्टरनेट समस्याबीच प्रतिनिधिसभामा चार विधेयक पारित गर्ने तयारी

इन्टरनेट समस्याबीच प्रतिनिधिसभामा चार विधेयक पारित गर्ने तयारी

१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आए...
बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियमम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search