Epost Nepal

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना

२२ पुस, काठमाडौं — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनमा तय प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था मापदण्डमार्फत गरिएको हो ।

गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिमपछि ३० दिन कार्यस्थलमा खटाइनेछ । स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।

भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा–सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

रासन, मासिक तलब तथा पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा उपलब्ध गराइनेछ । छनोटपछि आउने–जाने तयारी खर्चका रूपमा प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ तथा ४ दिनको खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ प्रदान गरिने व्यवस्था छ ।

पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेश क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख छ । नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि नीलो डांग्री कपडा र टोपी उपलब्ध गराइनेछ भने सशस्त्र प्रहरी बल मातहत परिचालितका हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी रहनेछ । निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने जनशक्तिलाई पनि निर्वाचन प्रहरीसरह १२ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ ।

मापदण्डअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति गठन हुनेछ । छनोटका लागि जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका हकमा जिल्लास्थित गण वा गुल्ममा निवेदन दिन सकिनेछ ।

नियुक्तिका क्रममा दुवै प्रहरी संगठनले आफ्ना जवानसरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय गर्ने व्यवस्था गरिएको छ । १८ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search