Epost Nepal

जेन-जी छानबिन: आयोगको चेतावनीपछि देउवा र प्रचण्डले पत्र बुझे

१८ पुस, काठमाडौं — जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रमुख दलका दुई शीर्ष नेताहरूलाई म्याद भित्र पत्र बुझ्न आग्रह गरेको थियो। प्रारम्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी  नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ पत्र बुझ्न अस्वीकार गरेका थिए।

आयोगले उनीहरूलाई आफ्नो धारणा राख्न पत्र पठाएको थियो र व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मार्फत समन्वय गरेर पत्र बुझाउने प्रयास गरिएको थियो। तर देउवाले २४ भदौको आगजनीमा आफू पीडित भएको र घर नष्ट भएकाले अन्यत्र बस्नु परेको, त्यसबेला जेनजी आन्दोलनमा आफू राज्यको भूमिकामा नरहेको भन्दै किन बयान दिनुपर्ने भनी प्रश्न गरेका थिए। प्रचण्डले पनि विरोधी दलको नेताको रूपमा सत्तामा रहेका पक्षलाई चेतावनी दिँदै घरमा आगजनी भइसकेको अवस्थामाथि के आधारमा बयान दिनुपर्ने भनी पत्र नबुझेको बताएका थिए।

आयोगका कर्मचारी र सुरक्षा अधिकारीहरूले भने पत्र बुझ्नु जरूरी भएको र सहयोग नगरे सार्वजनिक सूचना प्रकाशित गरिने चेतावनी दिएका थिए। यसपछि केही घण्टाको फरकमा दुवै नेताले म्याद भित्र पत्र बुझेको खुलेको छ। तर आयोगमा जान वा लिखित जवाफ पठाउने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search