Epost Nepal

रास्वपाको एकतापछि पदाधिकारीको बाँडफाँटमा सहमति

१७ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ पक्षबाट पार्टी पदाधिकारीमा कति जनालाई समेट्ने भन्ने विषयमा सहमति जुटेको छ।

रास्वपा स्रोतका अनुसार बालेन पक्षबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने समझदारी भएको छ। त्यस्तै, कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ।

‘बालेन र कुलमान दुवै समूहबाट दुई–दुई जनालाई पदाधिकारीमा समावेश गर्ने भद्र सहमति बनेको हो,’ रास्वपा स्रोतले भन्यो, ‘सहमति अनुसार दुवै पक्षबाट नाम आउन बाँकी छ।’

पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई रास्वपामा समेट्न छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

सहमति अनुसार बालेन शाहलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने व्यवस्था गरिएको छ। उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई भने रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ।

वरीयताका हिसाबले कुलमानपछि उपसभापतिमा डीपी अर्याल र स्वर्णिम वाग्ले रहने छन्। हाल रास्वपामा कबिन्द्र बुर्लाकोटी महामन्त्री छन् भने सहमहामन्त्रीमा विपिन आचार्य मात्रै छन्। सहप्रवक्ताको जिम्मेवारी भने प्रतिभा रावल र रमेश प्रसाईंले सम्हालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search