९ पुस काठमाडौं — जेनजी आन्दोलनको आधारमा सुशासनको एजेन्डा अघि सार्दै बनेको सुशीला कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । सम्पत्ति विवरण सार्वजनिक नहुँदा विभिन्न आलोचना र टिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले यसको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथि थोपरेका छन् । मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयकै रहेको बताएका हुन् । ‘कर्मचारीको हैसियतमा रहँदा लामो समयदेखि सम्पत्ति विवरण बुझाउँदै आएको हुँ । यसपटक क्याबिनेटका सबै सदस्यले पनि तोकिएको समयमै विवरण बुझाएका…
९ पुस काठमाडौं — सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’ वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
९ पुस, काठमाडौं — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालसहित रामसार सूचीमा परेका पोखराका सबै ९ वटा ताल अतिक्रमण गरी पुर्ने व्यक्तिमाथि फौजदारी अभियोग लगाउन सक्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। फेवातालको सिमसार क्षेत्र अतिक्रमण गर्ने, पुर्ने र जथाभाबी डोजर प्रयोग गर्ने प्रवृत्ति रोक्दा रोक्दै आफू अत्यन्तै थाकिसकेको उल्लेख गर्दै मेयर आचार्यले संघीय सरकारले नै कडा कानुन ल्याउनुपर्ने बताए। कुराकानीमा उनले सिमसार संरक्षण संघीय सरकारको अधिकार क्षेत्रमा परे पनि त्यसअनुसारको काम नभएको गुनासो गरे। उनका अनुसार महानगरले सिमसार पुर्ने व्यक्तिलाई पक्राउ गर्ने, डोजर र टिप्पर नियन्त्रणमा लिई जरिवाना तिराएर छाड्ने गरेको छ, तर यसले अतिक्रमण रोक्न नसकेको उनले…
९ पुस, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लगायतका कागजात लिनुपर्दा श्रमिकहरूले ठगी र झन्झट झेल्नुपरेको उल्लेख गर्दै उनले ती समस्याको अन्त्यका लागि वडा तहबाटै सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । सानो काम गर्नसमेत जटिल प्रक्रिया र झमेला झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको मन्त्री भण्डारीको भनाइ छ । राज्यले…