२५ असार, काठमाडौं - नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो । यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम…
२५ असार, काठमाडौं - काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो । महानगर उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ । महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै…
२५ असार, काठमाडौं - नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ। फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप उनीहरूलाई लागेको छ। नक्कली लाइसेन्स बाँडिएको समाचार बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। यस प्रकरणमा १५ जना संलग्न भएको अध्ययन प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो। नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय…
२५ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको हो । महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।