Epost Nepal

Day: २०८१ असार ६, बिहीबार

समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले माओवादीको कारबाहीविरुद्ध दिए सर्वोच्चमा रिट

समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले माओवादीको कारबाहीविरुद्ध दिए सर्वोच्चमा रिट

६ असार, काठमाडौं - गण्डकी प्रदेशका मन्त्री तथा समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही सिफारिस गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले पत्र पढेर उनलाई पदमुक्त भएको घोषणा गरेका थिए । आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै उनले आफूलाई पदमुक्त गरेको प्रदेशसभाको जेठ ३२ को सूचना कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् । उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा…
Read More
दुग्ध किसानहरूलाई भुक्तानी दिन विश्वप्रकाश शर्माको माग

दुग्ध किसानहरूलाई भुक्तानी दिन विश्वप्रकाश शर्माको माग

६ असार, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानहरूलाई भुक्तानी दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘गएको फागुन १९ गते यो देशमा दुइटा सम्झौता हुँदै थियो। एउटा सम्झौता नयाँ गठबन्धनका लागि अर्को दूग्ध किसानको माग पूरा गर्न,’ उनले भने, ‘पहिलो सम्झौताचाहिँ पूरा भयो, दोस्रो सम्झौता पूरा नभएकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ ६ लाखभन्दा बढी किसानले दूधको भुक्तानी नपाएको उनले बताए । किसानहरू भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेको उनले उल्लेख गरे । ‘६ लाखभन्दा बढी किसानले ७ महिनादेखि पाँच अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘दूग्ध किसानका मागलाई गम्भीरतापूर्वक…
Read More
७७ करोड  भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको प्रधानमन्त्रीको भनाई

७७ करोड भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको प्रधानमन्त्रीको भनाई

६ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले ७७ करोड भन्दा बढी रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता भुक्तानी गरिसकिएको बताएका हुन् । उनले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५८७ मागदाबी निवेदन परेको र तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरिएको हो । उनले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए । ‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुबाट ५९ हजार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search